News

एमालेकी कालाकार करिश्माले रेखा थापालाई भोट मागेपछि...

एमालेकी कालाकार करिश्माले रेखा थापालाई भोट मागेपछि...

नेकपा एमालको घरदैलोमा हिडिरहेकी नायिका करिश्मा मानन्धरले राप्रपाकी उम्मेदवार रेखालाई भोट मागेकी छन् । कलाकार राष्ट्रका अभिन्न अंग भएको बताउँदै उनले फेसवुक मार्फत रेखालाई भोट मागेकी हुन् ।

रेखा राप्रपाका तर्फबाट मोरङ–३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेकी छिन् । अन्य कलाकारले पनि रेखालाई भोट मागिरहेका छन् । यसैक्रममा करिश्माले पनि उनलाई भोट मागेकी हुन।

‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका संवाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानी भएको क्षेत्र बनिसकेको छ’ उनले लेखेकी छिन्–‘अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पु¥याउने हो । यो संघर्षमा सामेल योद्धा रेखा थापालाई भोट गर्न मोरङ जिल्लाबासीलाई आग्रह गर्दछु ।’

करिश्मा नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेल, नवराज सिलवाललगायतको घरदैलो कार्यक्रममा पनि हिंडिरहेकी छन् ।

विशेष