प्रचण्डको कार्यक्रमलाई लक्षित गरी वम विस्फोट, विप्लव कार्यकर्ताको झोलामै पड्कियो वम
नेकपाका माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल सहभागि हुने कार्यक्रमलाई लक्षित गरी भोजपुरमा वम विस्फोट भएको छ।
भोजपुरको पौवादुङ्मा गाउँपालिका स्थित तिवारी भञ्ज्याङमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभा नजिकै बम विस्फोट भएको जनाईएको छ। उक्त कार्यक्रममा अध्यक्ष दाहाल सहभागी हुने कार्यक्रम थियो। कार्यक्रममा सहभागी हुनका लागि दिउँसो ३ बजे दाहाल हेलिकप्टर मार्फत जाने तयारी थियो। तर, वम विस्फोट पछि दाहाल त्यहाँ पुगेका छैनन्।
भोजपुरको अरुण गाउँपालिका चरम्बीका सुमन श्रेष्ठले झोलामा बोकेको बम पड्किएको प्रहरीले जनाएको छ । उनले टिफिन बक्समा विस्फोटक पदार्थ राखेर बनाएको बम झोलामै पड्किएको प्रहरीले बताएको छ ।
वम विस्फोटमा परी उनको बायाँ खुट्टामा सामान्य चोट लागेको र इप्रका तिवारीभञ्ज्याङले नियन्त्रणमा लिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए ।
विप्लव नेकपाका एक नेताले घटनाको जिम्मेवारी लिएका छन् । चुनाव बहिष्कार गर्ने पार्टीको निर्णयअनुसार बम विस्फोट गराइएको उनको भनाई छ।