News

डा. गोविन्द केसी भन्छन्– ओली, देउवा र प्रचण्ड दलाल हुन, भोट नहालौं

डा. गोविन्द केसी भन्छन्– ओली, देउवा र प्रचण्ड दलाल हुन, भोट नहालौं

स्वास्थ्य क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीले केपी शर्मा ओली, शेरबहादुर देउवा र पुस्पकमल दाहाललाई दलाल भन्दै तिनीहरुलाई मत नहाल्न अपिल गरेका छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार वमलाई समर्थन गरेका केसीले ठुला राजनीतिक दलका नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भने दलाल भन्दै आलोचन गरे। यसअघि भोट दिएर जिताएका नेताहरूकै कारण मुलुक पाँच वर्षमा दशौं वर्ष पछि धकेलिएको भन्दै डा. केसीले यस पटकको निर्वाचनमा विवेक पुर्याएर मतदान गर्न आग्रह गरे।

‘ओली, देउवा र प्रचण्डलगायत ठुला दलका नेताहरु आम मानिसलाई राहत दिने होईन, ठग ठेकेदार र अपराधिहरुबाट अरवौं असुल गर्दै तिनलाई चुनावको उम्मेदवार बनाउने र तिनकै वलमा सत्ताको रजाई गर्ने दौडमा छन्’ केसीले भनेका छन्–‘विदेशमा श्रम गरेर देशको अर्थतन्त्र धान्ने नागरिकहरु मताधिकारबाट वन्चित छन्। जसको भ्रष्टाचार, अपराध र तानासाही प्रवृत्ति प्रमाणित भएको छ, त्यस्ता उम्मेदवारलाई चुनावमा नहराएसम्म यो देशको राजनीति संलिने छैन।’

दलाल नेताहरुलाई हराउनका लागि विकल्प श्रीजना गर्ने अवसरका रुपमा चुनावलाई प्रयोग गर्न उनले आग्रह गरेका छन् । ‘त्यसका लागि हामीसँग तम्तयार विकल्प नहुन सक्छ। तर, विकल्प श्रीजना गर्ने मौका पनि अहिले हामीसँग छ’ केसीले अगाडि भनेका छन्–‘देशमा अराजकता, भ्रष्टाचार, अपराध र लुटतन्त्र मच्चाउने तथा तानाशाही आकांक्षा वोकेका तथा राज्य संचालमा नालायक प्रमाणित भईसकेका मुख्य दलका शिर्ष नेताहरुको हालिमुहाली कायम रहँदा गएको ५ वर्षमा देश दशौं वर्ष पछाडि धकेलीई सकेको छ। त्यसैले आगामी निर्वाचनलाई जिम्मेवारीपूर्वक अवसरका रुपमा प्रयोग गर्न तथा अघिल्लो चुनावको जस्तो गल्ती फेरी नदोहो-याउन समग्र मतदातालाई अपिल गर्दछौं ।’
 

डा. गोविन्द केसी

विशेष