News

ओलीले चिढ्याएका हर्क साम्पाङलाई प्रचण्डको प्रशंसा, धरानमा पनि बाँडे मन्त्री

ओलीले चिढ्याएका हर्क साम्पाङलाई प्रचण्डको प्रशंसा, धरानमा पनि बाँडे मन्त्री

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ब्यंग्य गरेर चिढ्याएका धरानका मेयर हर्क साम्पाङलाई माओवादी अध्यक्ष पुस्पकमल दाहालले प्रसंसा गरेर फुरुक्क पारेका छन् ।

सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न धरान पुगेका अध्यक्ष दाहालले मेयर साम्पाङको प्रशंसा गरेका छन्। मेयरमा निर्वाचित भएपछि धरानको खानेपानी संकट टार्ने कोसिस गरेको भन्दै उनले मेयरको प्रशंसा गरेका हुन्। 

हर्कको प्रसंसा गर्दै गर्दा दाहालले पनि ओलीले झै कोसीको पानी ल्याएर धरानमा वितरण गर्ने वताए । ‘धरानको खानेपानी संकट टार्नका लागि हर्कजीले निर्वाचित भएदेखि नै कोसिस गरिरहनु भएको छ। अब हामी केन्द्रबाट पनि बजेट पारेर कोसीको पानी ल्याउँछौँ’– उनले भने।

धरानबासीलाई पानी खुवाउने हर्कको चाहनालाई केन्द्रबाट पनि बजेट पारेर पूरा गर्ने दाहालले वताए । उनले भने, ‘यहाँको मेयरलाई धन्यवाद भन्छु, पानीको समस्या हल गर्न मिहिनेत गर्दे हुनुहुन्छ। त्यो दुःखलाई सबैलाई सम्मान गर्छौँ, हर्कजीको योजनालाई पूरा गर्छौँ।’ 

दाहालले सुनसरी क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा उठेका मुक्साम हाङ मेयाङ्बो (मुकेश) लाई जिताएर पठाए मन्त्री बनाइदिने बताए । कांग्रेसका उमेश थापालाई मन्त्री बनाउने नभने पनि मन्त्री वन्न सघाउनेसम्मको बाचा दाहालले गरेका छन् ।
 

विशेष