नेपालले पाकिस्तानलाई १ गोलले हरायो
![नेपालले पाकिस्तानलाई १ गोलले हरायो](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/11/football.jpg)
काठमाण्डौंको दशरथमा भएको मैत्रिपुर्ण फुटवल खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको छ।
नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा अन्तिम समयमा गोल गर्दै जित निकालेको हो।
पहिलो हाफ गोलरहित भएको अवस्थामा नेपालका लागि खेलको ८२ औँ मिनेटमा अन्जन विष्टले गोल गरेका हुन। रोहित चन्दको कप्तानीमा उत्रिएको नेपाली टोलीले यो जित निकालेपछि प्रशिक्षक प्रवेश कटुवालको सुरुवात पनि राम्रो भएकोछ।
उता रोहितले पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी गर्दै टिमलाई जिताउन सफल भएका हुन्। घरेलु लिगमा मछिन्द्र फुटबल क्लबलाई लगातार दुई पटक च्याम्पियन बनाएका प्रवेशका लागि यो खेल परीक्षा थियो र उनी सफल भएको जनाईएको छ।
उनले पाकिस्तानसँगको खेलका लागि खेलाडी आफैँले छानेका थिए। नेपालले गत असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो। घरेलु मैदानमा भएको खेलमा नेपालले त्यसबेला पनि बंगलादेशलाई पराजित गरेको थियो।