News कभर स्टोरी

मुख्यमन्त्रीलाई भोट नमागेको भन्दै गण्डकीका भौतिक पूर्वाधारमन्त्री बर्खास्त 

मुख्यमन्त्रीलाई भोट नमागेको भन्दै गण्डकीका भौतिक पूर्वाधारमन्त्री बर्खास्त 

गण्डकी सरकारका अर्का मन्त्री बर्खास्तमा परेका छन् ।

भौतिक पूर्वाधारमन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको मुख्यमन्त्रीनिकट स्रोतले बतायो ।

प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र कानूनमन्त्री विन्दुकुमार थापालाई असहयोग गरेको आरोपमा खड्कालाई बर्खास्त गरिएको हो ।

मुख्यमन्त्री र कानूनमन्त्रीलाई असहयोग गरेको र विरोधमा उत्रिएको जानकारीपछि उहाँलाई हटाइएको हो,झ स्रोतले भन्यो ।

उनी सरकारका प्रवक्तासमेत थिए । प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउन खड्काको भूमिका थियो । खड्काको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी आफैँले लिएर मुख्यमन्त्रीले जिम्मेवारी हेरफेर गरेका छन् ।

तर, अहिले चुनावको टिकट नपाएपछि उनी असन्तुष्ट थिए । कानूनमन्त्री थापा र खड्का एकै निर्वाचन क्षेत्र कास्की २ (२) बाट उम्मेदवार बन्न रेसमा थिए ।

यसअघि मुख्यमन्त्रीले ऊर्जामन्त्री हरिशरण आचार्यलाई हटाएका थिए । गोरखामा नेकपा एमालेलाई सहयोग गरेको आचार्यमाथि आरोप लगाइएको थियो ।

विशेष