News

चितवनमा गाडी फोड्ने प्रतिस्पर्धाः रविको भाडाको, उमेश श्रेष्ठको आफनै ल्याण्डक्रुजर

चितवनमा गाडी फोड्ने प्रतिस्पर्धाः रविको भाडाको, उमेश श्रेष्ठको आफनै ल्याण्डक्रुजर

चुनावको मिति नजिकिदै गर्दा चितवन क्षेत्र नं. २ असान्त हुन थालेको छ। उम्मेदवारहरुका गाडि तोडफोड हुन थालेका छन्। आरोप–प्रत्यारोप पनि वढेको छ।

गत आईतवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम प्रतिनिधि सभा सदस्यका उम्मेदवार रवि लामिछानेको प्रचारप्रसारमा हिँडेको गाडीमा तोडफोड भयो। इच्छाकामना गाउँपालिका– ४ लेवाटारमा चुनावी प्रचारमा रहेका गठबन्धनका कार्यकर्ताले स्वतन्त्र पार्टीका कार्यकर्ता सवार बा १० च ७६८४  को भाडाको गाडीमा तोडफोड गरेको बताइएको थियो।

त्यसको ठिक तीन दिनपछि गठबन्धनबाट कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उमेश श्रेष्ठ चढ्ने ल्याण्ड क्रुजर गाडीमा तोडफोड भएको छ। स्वास्थ्य राज्यमन्त्रीसमेत रहेका श्रेष्ठको बा.३ च २०५० नम्बरको गाडी भरतपुर महानगरपालिका– १० पुरानो मेडिकल कलेजनजिक रेडक्रसचोकमा तोडफोड भएको हो ।

घरदैलो गर्ने क्रममा पार्किङमा गरिराखेको गाडीमा तीन वटा मोटरसाइकल चढेर आएका ब्यक्तिले इँटा र ढुंगा प्रहार गरेका थिए। आक्रमणबाट गाडीको अगाडिको सिसामा क्षति भएको छ। आक्रमणमा भाईजर समेत फुटेको जनाईएको छ।

कांग्रेसका नेता कार्यकर्ताले यो घट्नामा रवि लामिछानेका कार्यकर्ताकै संलग्नता रहेको आशंका गरेका छन् । तर, प्रहरीले घट्नाको अनुसन्धान गरिरहेकाले उनीहरुले दावी गरेर लामिछानेलाई आरोप लगाएका छैनन्।

प्रहरीले समेत दुवै पक्षमा थप झडप हुन सक्ने भन्दै घट्नाको दोस चुनाव वहिस्कार गरेको पार्टीलाई लगाएको छ। यद्यपी दुवै कोणबाट अनुसन्धान भईरहेको एक प्रहरीले अधिकृतले वताए । 

विशेष