News

उमेश श्रेष्ठको गाडी भरतपुरमा तोडफोड, रबीका कार्यकर्ताले बद्ला लिएको हो?

उमेश श्रेष्ठको गाडी भरतपुरमा तोडफोड, रबीका कार्यकर्ताले बद्ला लिएको हो?

कात्तिक २७ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएको थियो । घरदैलोका क्रममा मुग्लिन नजिक गाडी तोडफोड भएको हो । लामिछानेको गाडी तोडफोडमा संग्लनलाई प्रहरीले पक्राउ गरेको छैन । 

लामिछानेको गाडी तोडफोड भएको तीनदिनपछि चितवन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ । श्रेष्ठ र लामीछानेको निर्वाचन क्षेत्र एउटै हो । 

आज बिहान भरतपुरमा रोकिराखेको गाडी अज्ञात समूहले तोडफोड गरेपछि लामिछानेको समुहका सदस्यले बद्ला लिएको हुन सक्ने आशंका गरिएको छ । 


चुनावी अभियानमा श्रेष्ठ चढ्ने गरेको बा ३ च २०४० नम्बरको गाडीको सिसा फुटेको छ ।

मोटरसाइकलमा आएका तीन जनाले ढुंगा हानेर गाडीका सिसा फुटाएको र उक्त समूहको खोजी भइरहेको चितवन प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १० मा भएको चुनावी घरदैलो र कोणसभाका लागि श्रेष्ठ सहभागी हुँदै गर्दा पार्किङ गरिराखेको गाडी तोडफोड भएको हो ।

विशेष