News

१५ हजार मतपत्र बोकेर नेपाल छिरेका भारतिय नागरिक पक्राउ

१५ हजार मतपत्र बोकेर नेपाल छिरेका भारतिय नागरिक पक्राउ

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका १५ हजार मत बोकेर नेपाल छिरेका एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा मतपत्र राखेर नेपाल छिरेका भारतको पश्चिम चम्पारनका ४० वर्षिय ईजाजत अहमदलाई प्रहरीले पक्राउ गरेको हो। 

उनलाई पर्साको जगरनाथपुर गाउँपालिका २ दशौतास्थित सडकखण्डमा बिओपी भिखमपुर पर्साबाट खटिएको सशस्त्र प्रहरीले जनाएको छ।

मोटरसाइकल र मतपत्र नियन्त्रणमा लिइ उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सका प्रवक्ता प्रहरी डिएसपी दिपक गिरीले जानकारी दिए। उनले कुन प्रयोजनका लागि यसरी मतपत्र वोकेर हिडेका हुन भन्ने खुलेको छैन।

विशेष