News

ज्वाइँलाई भोट माग्न मोरङ पुगे प्रचण्ड 

ज्वाइँलाई भोट माग्न मोरङ पुगे प्रचण्ड 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंसिर ४ को निर्वाचन प्रचारप्रसारका लागि आज मोरङ पुगेका छन् । 

मोरङको सुन्दरहरैचामा भएको चुनावी सभामा आज प्रचण्डले सम्बोधन गरेका थिए ।

मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत पर्ने सो निर्वाचनमा भएको सभामा उनले गठबन्धन अग्रगमनको पक्षमा भएको भन्दै गठबन्धनलाई जिताउन आग्रह गरे ।

एमालेले पश्चगमनको नेतृत्व गरेको आरोप लगाए ।

मोरङ ६ अन्तर्गत प्रदेश सभा १ मा प्रचण्डका ज्वाइँ जीवन आचार्य गठबन्धनका तर्फबाट उम्मेदवार छन् । ज्वाइँको निर्वाचन क्षेत्रमा आएका प्रचण्डले शेखर कोइराला र आचार्यलाई जिताउन आग्रह गरे । उनले गठबन्धनको हारे देशले हार्ने बताए ।

प्रचण्ड

विशेष