News

चुनावपछि वन्ला त एमाले–माओवादी सरकार ?, यस्तो छ चिनको संकेत 

चुनावपछि वन्ला त एमाले–माओवादी सरकार ?, यस्तो छ चिनको संकेत 

५ दिने भ्रमणमा आएका चीनका संस्कृति तथा पर्यटन मन्त्रालयका उपमन्त्री ली चुन मंगलबार स्वदेश फर्किएका छन् । लिले ५ दिनको आफनो अनौपचारिक भ्रमण कुनै हल्लाखल्ला नगरी गुपचुपमै सके।

उपमन्त्री लीको भ्रमण सांस्कृतिक क्षेत्रको अवलोकन गर्नेमै सीमित रहेको र राजनीतिक भेटघाट नभएको बताईएको छ। तर, उनले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफनो कुरा नेताहरु समक्ष पुर्याएको वताईन्छ। नेपाली पक्षले आसन्न निर्वाचनलाई देखाएर उपमन्त्री लिको भ्रमण पछि सार्न खोजेको थियो। तर, नेपालको प्रश्तावलाई अस्विकार गरेर चिनले लिलाई काठमाण्डौंमा उतारेको र आफनो योजना पुरा गरेको श्रोतको दावी छ।

चिनमा सि चिनफिङ पुनः राष्ट्रपतिमा निर्वाचित भएपछि उच्च तहमा कुनै पनि भ्रमण भएको थिएन। त्यसैले चुनावपछिको अवस्थालाई लिएर चिन चिन्तित देखिएको जानकारहरु वताउँछन्। सि चिनफिनको सोही चिन्ता सम्वोधन गर्न उपमन्त्री लिको भ्रमण गराईएको उनीहरुको भनाई छ।

भुराजनीतिक जानकारहरुका अनुसार लिको अहिलेको भ्रमण दुई ठुला कम्युनिष्ट पार्टीलाई एक ठाउँमा ल्याउनु हो। चुनाव अघि नै नेकपा एमाले र माओवादी केन्द्रलाई मिलाउने प्रयास सफल हुन नसकेपछि चुनावपछिको अवस्थालाई सहज वनाउन लिको भ्रमण भएको उनिहरु वताउँछन् ।

काठमाडौंबाट राजदूत होउ यान्छी फर्किएपछि नेताहरुसँगको सुरक्षित सम्पर्क सुत्र स्थापना हुन नसक्दा चिनले ‘लो प्रोफाइल’ मै भएपनि उपमन्त्री लिको भ्रमण गराउँन वाध्य भएको वताईन्छ। उपमन्त्री ली नेपाल आउनुको प्रमुख कारण चुनावपछिको सरकार हो। कुनै पनि पार्टीको बहुमत नआउने अवस्थामा भोलिको लागि ग्राउन्ड निर्माण गर्न अहिलेको भ्रमण भएको श्रोतको दावी छ।

जानकारहरुका अनुसार चीनले चुनाव अघि नै एमाले र माओवादीलाई मिलाउन चाहेको थियो। तर, त्यो चाहना पुरा नभएपछि निर्वाचनपछि भएपनि गठबन्धन भत्काएर दुई कम्युनिस्ट (एमाले र माओवादी केन्द्र) मिलाउने मै चिन केन्द्रित छ। यही प्रसंगमा उपमन्त्री लिले सम्भव भएका नेताहरुलाई आफै भेटेको र सम्भव नभएका नेताहरुलाई कुनै न कुनै माध्यमबाट सूचना आदान–प्रदान गरेको बताईन्छ। 

चिनको दवावले काम गर्यो भने चुनावपछि एमाले र माओवादीको मिलिजुली सरकार वन्ने सम्भावना धेरै देखिएको जानकारहर बताउँछन् ।

यो पनि,

विशेष