किन उत्खनन् भयो गृहमन्त्री खाँडको वहुविवाह मुद्दा ?

गृहमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेद्वार बालकृष्ण खाँणको वहुविवाहको मुद्दा पुनर्जिवित भएको छ। उनी विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ।
यसअघि निर्वाचन आयोगमा पुगेर उजुरी दिएकी अधिवक्ता तारा बरालले भैरहवा पगेर पनि खाँड विरुद्ध उजुरी दिएकी छिन्। यसअघि निर्वाचन आयोगमा दर्ता भएको उक्त उजुरी सम्बन्धित क्षेत्रमा आएर उजुरी दर्ता गरिएको अधिवक्ता तारा बरालले बताइन्।
ठूला तथा सम्पत्तिवालाविरुद्धको मुद्दा तामेलीमा र सर्वसाधारणलाई जेलमा कोच्न नपाइने उनको तर्क छ। रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले निर्वाचन आयोगले कारवाहीको विषय बन्दैन भने पनि यहाँ आउनुको केही अर्थ नहुने बताए।
‘उहाँले कागज दिएर जानुभएको छ। आयोगले कारवाहीको विषय बन्दैन भनिसकेपछि यहाँ आएर निवेदन फ्याँकेर केही हुन्छ र? हामी निर्वाचन आयोग अन्तर्गतको मान्छे हो।’–उनले भने।
यसअघि खाँणका दुईजना श्रीमती रहेको विवरण निर्वाचन आयोगकै रेकर्डमा देखिएको थियो।