News

ओलीलाई जन्माएको भन्दै धर्तीप्रति नै माधव नेपालको आक्रोश

ओलीलाई जन्माएको भन्दै धर्तीप्रति नै माधव नेपालको आक्रोश

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अपमान गर्ने नाममा नेपालको भुमीकै अपमान गरेका छन् । उनले ओलीलाई जन्म दिने यो धर्ती कस्तो होला भन्दै आलोचना गरेका छन्।

चुनावी प्रचार प्रसारका क्रममा सुरुवातदेखी नै ओली प्रति आक्रोशपुर्ण अभिब्यक्ति दिदै आएका नेपालले विहिवारको चुनावी सभामा भने अझै घृणायुक्त भाषण गरे। काठमाण्डौंमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले ओलीलाई जन्म दिने धर्तीलाई सत्तो सराप गरे।

विगतमा आफू निर्वाचित भएको काठमाडौं २ को अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै नेपालले ओलीलाई कंस र रावणसँग तुलना गरे। ‘यस्ता व्यक्तिलाई जन्म दिने कस्तो होला यो धर्ती ?’ भन्दै उनले ओलीलाई निकृष्ट देखाउन खोज्दा धर्तीप्रति पनि आक्रोश पोखे।

‘हुन त रामसँगै रावण पनि जन्मिए, कृष्णले कंसको सामना गर्नुपरेको थियो । त्यही कंस र रावण प्रवृतिको जन्म भयो, के गर्ने’ नेपालले भने–‘म कसैको विरोध त गर्दिन तर यस्ता व्यक्ति पनि भेल्नुपर्यो ।’

अध्यक्ष नेपालले ओलीलाई खराव देखाउन स्थानीय विकास निर्माणको कुरालाई पनि कोट्याए। विगतमा काठमाडौं २ को विकासमा आफूले अघि सारेका योजनाहरुलाई माधव नेपालले जस लिन्छ भनेर ओलीलेले अवरोध गरेको आरोपसमेत उनले लगाए । 

उनले सुर्यमा ग्रहण लागिसकेकाले गठबन्धनका उम्मेदवारलाई जिताउन पनि आग्रह गरे ।

विशेष