News

चुनावको मुखमा मतदान अधिकृत पक्राउ

चुनावको मुखमा मतदान अधिकृत पक्राउ

नवलपरासीको निर्वाचन क्षेत्र नं. २ को (क) अन्तर्गत सुनवल नगरपालिकाको एक मतदान केन्द्रका मतदान अधिकृत पक्राउ परेका छन् । सुनवल नगरपालिकाको वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदान स्थलमा खटाइएका मतदान अधिकृत पृथ्वीराज चौधरी पक्राउ परेका हुन।

५६ वर्षीय चौधरी पाल्हीनन्दन गाउँपालिकाको पशु सेवा शाखामा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भोजराज पाण्डेले जानकारी दिए। निर्वाचन सामाग्री बुझ्नेक्रममा मुख्य निर्वाचन अधिकृतलाई दुर्ब्यवहार गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले चौधरीलाई बर्खास्त गरेर उनको ठाउँमा वैकल्पिक मतदान अधिकृत खटाएको छ। नियन्त्रणमा रहेका चौधरीलाई मुख्य निर्वाचन अधिकृतको निर्देशनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। 
 

विशेष