News बैंकिङ

एनआईसी एशिया बैंकले गर्यो भिडियो मार्फत केवाईसी विवरण भर्ने ब्यवस्था

एनआईसी एशिया बैंकले गर्यो भिडियो मार्फत केवाईसी विवरण भर्ने ब्यवस्था

एनआईसी एशिया बैंकले भिडियो मार्फत केवाईसी विवरण अद्यावधिक गर्न सकिने ब्यवस्था गरेको छ। ग्राहकको सेवा तथा सुविधालाई ध्यानमा राखेर बैंकले यस्तो ब्यवस्था मिलाएको हो।

बैंकको वेबसाइटमा रहेको अनलाइन एप्लिकेसन ट्याबमा ईकेवाईसी छनौट गरी आफ्नो खाता नम्बर तथा केवाईसी अद्यावधिकको कारण उल्लेख गरी इटिपी प्राप्त गर्न एसएमएस वा इमेल वा दुबै विकल्प छनौट गरी सब्मिट गर्नु पर्ने बैंकले जनाएको छ ।

ग्राहकले आफ्नो व्यक्तिगत विवरणहरू भरी अनुकुल समयमा भिडियो कल मार्फत केवाईसी विवरण बैंकलाई उपलब्ध गराउन सकिने वा बैंकिङ्ग समयमा भिडियो कलको लागि समय लिएर सो समयमा केवासी विवरण अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले यसअघि अनलाईन खाता खोल्ने ग्राहकका लागि अनलाईनबाट उक्त विवरण अद्यावधिक गर्न सकिने भिडियो केवाईसी सेवाको सुरुवात गरिसकेको छ। ग्राहकहरूले भिडियो केवाईसीको लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र ( नागरिकता । पासपोर्टड्राइभिङ लाइसेन्स मतदाता परिचय पत्र) तथा सेतो कागज र कालो र निलो मसी भएको पेन आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियो कल मार्फत देखाउनु पर्ने बैंकले जनाएको छ।

बैंकका अनुसार यसरी भिडियो केवाईसी मार्फत केवाईसी विवरण अद्यावधिक गरे पश्चात ग्राहकहरूले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्ने छन्। स्वदेश वा विदेशमा रहेका ग्राहकहरूलाई भिडियो कलमार्फत नै ग्राहक पहिचान सम्बन्धी विवरण अद्यावधिक सहज रुपमा गर्न सकिने हुँदा यसबाट ग्राहकहरूलाई उक्त सेवा लिन बैंकको शाखा कार्यालयसम्म भौतिकरुपमा उपस्थिति हुनुपर्ने झन्झबाट मुक्ति मिल्ने बैंकले जनाएको छ।

एनआईसीले हाल ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल गरी सेवा दिँदै आएको छ । 

विशेष