News

पाइप बाँड्दै गर्दा निर्वाचनको टोली पुगेपछि टोपबहादुर टाप, खानेपानीको पाइप जफत 

पाइप बाँड्दै गर्दा निर्वाचनको टोली पुगेपछि टोपबहादुर टाप, खानेपानीको पाइप जफत 

अर्घाखाँचीमा टोपबहादुर रायमझीको नेतृत्वमा पाइप बाँड्दै गरेको अवस्थामा निर्वाचन कार्यालयले छापा हानेको छ ।

रायमाझीको समुहले निर्वाचन आचारसंहिता उल्लघन गर्दै मतदातालाई प्रभाव पार्न वितरण गर्न लागिएको खानेपानीको पाइप मुख्य निर्वाचन अधिकृतको कार्यालयले जफत गरेको हो ।

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको नेतृत्वमा गएको निर्वाचन कार्यलयसहितको टोलीले सोमबार उक्त खानेपनीको पाइप जफत गरेको हो ।

टोलीले छत्रदेव गाउँपालिका वडा नम्बर–६ मा पाइप समातेको बताइएको छ । पाइप बाँड्न लैजाँदै गरेको थाहा पाएपहि गाडीलाई पच्छ्याएका त्यहाँ पुगेर जफत गरेको घिमिरेले बताएका छन् ।

टोली आएको थाहा पाएपछि उनीहरुले गाडीमै पाइप छोडेर भागेका थिए । अर्घाखाँचीबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीको समुहले उक्त पाइप बाँढ्न लग्दै गरेको फेला परेको घिमिरेले जानकारी दिएका छन् ।

टोपबहादुर रायमझी

विशेष