News

नेपालगञ्जमा बनाउँदै गरेको कुकर बम विष्फोट हुँदा दुई जना घाईते

नेपालगञ्जमा बनाउँदै गरेको कुकर बम विष्फोट हुँदा दुई जना घाईते

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– १० भृकुटीनगरमा वम विस्फोट भएको छ।

भृकुटीनगर निवासी दिवाकर मल्लको घरमा गएराति करिव आठ बजे प्रेसरकुकर बम बिष्फोट भएको हो। वम विष्फोटमा विप्लव समुहका विद्यार्थी संगठन बाँकेका अध्यक्ष सल्यान बागचौर–२ निवासी डिल्ली बहादुर डिसी क्षेत्री र उक्त संगठनका कार्यकर्ता घोडागोडी नगरपालिका १ कैलालीका धर्मराज सुनार घाइते भएको जनाईएको छ।

उनीहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भईरहेको छ। बम बनाउँदै गरेको अबस्थामा बिस्फोट भएको हुन सक्ने प्रहरीको आशंका छ। घटनास्थलमा थप बम फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले निक्रिय पारेको थियो।

डिल्ली एक वर्ष अघि मल्लको घरमा कोठा भाडामा लिएर बस्दै आएको खुलेको पनि प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको बाँकेका डिएसपी रामप्रसाद घर्तीले बताए।
 

विशेष