News

चिकित्सा शिक्षाको शुल्क एकै पटक ३ सय प्रतिशतले वृद्धि, विद्यार्थी आन्दोलित

चिकित्सा शिक्षाको शुल्क एकै पटक ३ सय प्रतिशतले वृद्धि, विद्यार्थी आन्दोलित

त्रिभुवन विश्वविद्यालयले चिकित्सा शिक्षा स्नातक तहको पुनः परीक्षाको शुल्क बढाएपछि विद्यार्थीहरु विरोधमा उत्रिएका छन् । 

त्रिविका लागि चिकित्सा शिक्षाको नेतृत्व गरिरहेको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ह्वात्तै शुल्क बढाएपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् । 

यसअघि पुनः परीक्षाका लागि आवेदन दिँदा २५०० शुल्क लिने गरेकोमा अहिले आइओएमले शुल्क बढाएर ११ हजार ५०० सम्म पु¥याएको छ । 

आइओएम डीन कार्यालयले सम्बन्धन प्राप्त कलेजलाई पठाएको पत्र अनुसार पुनः परीक्षाको लागि आवेदन शुल्क प्रति विषयको ३ हजारका दरले तिनुपर्छ । बढीमा ९ हजारसम्म लिन पाइन्छ । यसको मतलब ४ वा सो भन्दा बढी विषयको पुनः परीक्षा दिनुपरे पनि ९ हजार भन्दा बढी भने तिर्नु पर्दैन । 

यसबाहेक परीक्षा फारमका लागि मात्रै भनेर छुट्टै २५०० तर्नुपर्ने विद्यार्थीहरु बताउँछन् । विद्यार्थीका अनुसार यसअघि जति विषयको परीक्षा दिएपनि यही २५०० मात्रै तिरे पुग्थ्यो । 

एकै पटक २२० प्रतिशत देखि ३६० प्रतिशतसम्म शुल्क बढाउनु अन्याय भएको गुनासो विद्यार्थीको छ।

अहिले पुनः परीक्षा दिनेले न्यूनतम ५५०० र अधिकतम शुल्क ११ हजार ५०० तिर्नुपर्ने हुन्छ । चिकित्सा शिक्षा स्नातक तहका सबै विषयका लागि यही नियम लागू गरिएको छ ।

विद्यार्थीका अनुसार आइओएम अन्तर्गतको महाराजगन्ज क्याम्पसमा अन्ययनरत विद्यार्थीले ५० रुपैयाँमा पुनः परीक्षाको फराम भर्न पाउँछन् । त्रिवि अन्तर्गतका निजी कलेजमा अध्ययनरत विद्यार्थीबाट मात्रै चर्को शुल्क असुलेको आरोप विद्यार्थीको छ ।

विशेष