News

प्रधानमन्त्री र प्रचण्डको मानमर्दन गर्दै ओलीका साईवर स्यालहरु

प्रधानमन्त्री र प्रचण्डको मानमर्दन गर्दै ओलीका साईवर स्यालहरु

पछिल्लो समय युवा पुस्तामा टिकटकप्रतिको क्रेज धेरै छ। आफुभित्र रहेको कला प्रस्फुटन गर्ने राम्रो माध्यम पनि वनेको छ– टिकटक।

तर, चर्चामा आउने नाममा टिकटकको दुरुपयोग पनि वढेको छ। चुनाव नजिकिदै जाँदा देशका प्रधानमन्त्री, प्रमुख दलका नेता लगायतलाई नंग्याउने, उनीहरुको अनुहार विगारेर मान मर्दन गर्ने लगायतका काम टिकटकमा वढेको छ।

विशेष गरी प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाललगायतका नेताहरुको आवाज र उनीहरुको अनुहारलाई विगारेर मानमर्दन भईरहेको पाईएको छ।

गत जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर नेपालको ६ घण्टे धार्मिक भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग रहँदाको प्रधानमन्त्री देउवाको हाउभाउलाई टिकटकमा मजाकको विषय वनाईएको छ।

त्यस वेला प्रधानमन्त्री देउवाले –याल काढेको र हातले पुछेर पुछेको भिडियो चर्चामा थियो। त्यसैको ब्यंग्य गर्दै अहिले साईवर स्यालहरुले टिकटकमा भए÷नभएको नक्कल गरेर मानमर्दन गरिरहेको जानकारहरु वताउँछन् । यस्ता कार्यमा विशेषगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरु वढी रहेको वताईन्छ।

विशेष