News

रवि लामिछानलेलाई आयोगले सोध्यो स्पष्टिकरणः तपाईको उम्मेदवारी किन खारेज नगर्ने ?

रवि लामिछानलेलाई आयोगले सोध्यो स्पष्टिकरणः तपाईको उम्मेदवारी किन खारेज नगर्ने ?

रवि लामिछानेलाई जिल्ला निर्वाचन कार्यालय, चितवनले स्पष्टिकरण सोधेको छ। चितवन–२ बाट प्रतिनिधि सभामा उठेमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेलाई तपाईको उम्मेदवारी किन खारेज नगर्ने भन्दै स्पष्टीकरण सोधेको हो।

मुख्य निर्वाचन कार्यालय स्रोतका अनुसार नागरिकता सम्बन्धमा परेको उजुरीका विषयमा स्पष्ट पार्न लामिछानेलाई भनिएको छ।  लामिछानेले पहिले विदेशी नागरिकता लिएका कारण नेपाली नागरिकता कायम नरहेको भन्दै दुई जनाले आयोगमा उजुरी दिएका थिए। सोही उजुरीका विषयमा उनलाई सात दिनभित्र जवाफ पठाउन भनिएको र उनले पत्र पनि बुझेको जनाईएको छ।

‘नागरिकताको विषयमा तपाईंमाथि परेको उजुरीका आधारमा उम्मेदवारी खारेज किन नगर्ने? यदि उजुरी साँचो होइन भने तपाईंका प्रमणहरूसहित सात दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नू।’– स्पष्टिकरण पत्रमा भनिएको छ। 
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई सोधिएको स्पष्टीकरणमा उजुरी र उजुरीकर्ताले दिएका केही प्रमाणसमेत संलग्न गरी पठाएको एक कर्मचारीले बताए। लामिछानेले निर्वाचन आयोगमा दल दर्ता गर्दा र उम्मेदवारी दर्ता गर्दा अमेरिकी नागरिकता लिएपछि खारेज भएको नेपाली नागरिकता पेश गरेको दाबी उजुरीमा गरिएको छ।
 

विशेष