नेपाल सरकारले बिन्ती बिसाएपछि भारतले दियो निर्वाचनका लागि २०० गाडी
निर्वाचनका लागि भारतले नेपाललाई उपहारस्वरूप २०० वटा सवारीसाधन प्रदान गरेको छ ।
मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारीसाधन उपहारस्वरूप प्रदान गरेका हुन् ।
नेपाल सरकारको अनुरोधमा यी सवारीसाधन उपलब्ध गराइएको जनाइएको छ ।
यी सवारीसाधन चुनावका दौरान प्रयोग गरिनेछ। चुनावपश्चात् १२० वटा गाडी सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछ ।
नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरूमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउँदै आएको छ ।
यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झन्डै २००० वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४०० वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४०० भन्दा बढी सवारीसाधन उपहारस्वरूप प्रदान गरेको भारतीय दूतावासले जनाएको छ ।
निर्वाचन