News

मन्त्री भेट्न काठमाण्डौंबाट दाङ पुगेका कर्मचारी मध्येरातमै होटलबाट यसरी भागे

मन्त्री भेट्न काठमाण्डौंबाट दाङ पुगेका कर्मचारी मध्येरातमै होटलबाट यसरी भागे

मन्त्रीको चुनाव प्रचार–प्रसारमा खटिएको आरोपमा शहरी विकास मन्त्रालयका सचिव डा. रमेश सिंहसहितको कर्मचारी टोली गए राती दाङमा घेरावन्दीमा परेको छ। 

शहरी विकास मन्त्री मेटमणि चौधरीको चुनावी क्षेत्र दाङ क्षेत्र नं. १ को भालुवाङस्थित होलट पौवामा नेकपा एमालेका कार्यकर्ताले ति कर्मचारीलाई घेरावन्दी गरेका हुन। उनीहरु चौधरीलाई चुनावमा सघाउन  आएको आरोप एमाले कार्यकर्ताको छ।

एमालेको युवा संगठन राष्ट्रिय युवा संघका कार्यकर्ताहरु राति सचिव सिंह सहितको टोली बसेको होटलमा घेराउ गरेको जनाईएको छ। त्यसपछि ति कर्मचारीहरु राति करिव साढे १ बजे झोला बोकेर भागेको जनाईएको छ।

उनीहरुलाई प्रहरीले उद्धार गरेको थियो। सचिव सिंह सहितको टोली हाटेलबाट भाग्दै गरेको फोटो सामाजिक सञ्जालमा वग्रल्ती छन् । चुनावको मुखमा मतदाता प्रभावित गर्नेगरी मन्त्री चौधरीको निर्वाचन क्षेत्रमा मन्त्रालयको  कर्मचारी  आएपछि घेराउ गरिएको एमालेका नेता जगत पोख्रेलले बताए ।

स्रोतका अनुसार सचिव सहितको टोली बुधबार दाङ आएर भालुवाङस्थित होलट पौवामा बसेको थियो । मन्त्रीसँग भेट नहुँदै एमालेका कार्याकर्ताहरुले घेरेपछि उनीहरु भागेको जनाईएको छ।

मन्त्री चौधरीका स्वकिय सचिव नारायण शर्माले सचिव  सिंह अवकाश हुन लागेकाले मन्त्रीसँग विदाइ हुन तथा कर्मचारीको विदेश भ्रमणको फाइल स्वीकृत गराउन उनीहरु दाङ आएका हुन। 
 

विशेष