News

राजावादीहरुले पनि मानुषीलाई भोट दिने 

राजावादीहरुले पनि मानुषीलाई भोट दिने 

काठमाडौं क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार रहेकी मानुषी यमी भट्टराईलाई राप्रपा नेपालका उम्मेदवारले समर्थन गरेका छन् ।

राप्रपा नेपालका उम्मेदवार कुमार श्रेष्ठले आज मानुषीलाई समर्थन गरेको नेपाल समाजवादी पार्टीका एक नेताले  बताए । नेपाल समाजवादीकी नेता मानुषी नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर सत्ता गठबन्धनबाट यो क्षेत्रमा उम्मेदवार छिन्।

उनले विज्ञप्ति निकालेर मानुषीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्कृय बनाएको उल्लेख गरेका छन् ।

उनी कमल थापा नेतृत्वको राप्रपा नेपालबाट तीर चुनाव चिन्ह लिएर उम्मेदवार थिए ।


उनले मानुषी योग्य उम्मेदवार भएकोले आफूले समर्थन गरेको बताएका छन् ।

यसअघि मानुषीलाई जनसमाजवादी पार्टीका उम्मेदवार शैलेशराज श्रेष्ठले पनि समर्थन गरेका थिए ।

विशेष