News

प्रत्यक्षतर्फ एक सिट पनि नजित्ने दलको समानुपातिक मत के हुन्छ ?

प्रत्यक्षतर्फ एक सिट पनि नजित्ने दलको समानुपातिक मत के हुन्छ ?

मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै साथ हुँदै छ । निर्वाचनमा ठुला दलसहित साना दलले पनि आफना उम्मेदवार प्रतिस्पर्धामा उतारेका छन् । यही प्रसंगमा कुनै दलबाट प्रत्यक्ष तर्फ एउटा पनि सिट जित्न नसके समानुपातिकतर्फको मत के हुन्छ ? भन्ने जिज्ञासा वढेको छ।

यो विषयमा निर्वाचन आयोगले भने प्रत्यक्षतर्फ शून्य सिट भए पनि समानुपातिकतर्फ खसेको कूल सदर मतको ३ प्रतिशत वा त्योभन्दा बढी मत ल्याएमा ति दलका पनि उमेदवार निर्वाचित हुने जनाएको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार प्रत्यक्षतर्फ सुन्य सिट र समानुपातिक तर्फ तीन प्रतिशतभन्दा वढि मत भए राष्ट्रिय दलको मान्यता प्राप्त नगरे पनि संसदमा त्यो दलको प्रतिनिधित्व हुनेछ ।

खसेको सदर मतको तीन प्रतिशतभन्दा कम मत ल्याएमा भने उक्त दलका उमेदवार निर्वाचित नहुने उनले वताए । प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० (११) मा समानुपातिक निर्वाचन प्रणालीतर्फको कूल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उमेदवार निर्वाचित हुने ब्यवस्था छ।

प्रत्यक्षतर्फ निर्वाचित भएको खण्डमा भने तीन प्रतिशत भन्दा कम मत प्राप्त भएपनि प्रतिनिधित्व कायम हुने आयोगले जनाएको छ।

राष्ट्रिय दलको मान्यता प्राप्त गर्न भने प्रत्यक्षतर्फ कमसेकम एक सिट जित्नै पर्ने र समानुपातिक तर्फ तीन प्रतिशत वा सो भन्दा वढि मत प्राप्त गरेको हुनुपर्ने आयोगको भनाई छ।

विशेष