News खेल

युएईसँगको तीन एकदिवसीय क्रिकेट शृंखलामा नेपाल विजयी

युएईसँगको तीन एकदिवसीय क्रिकेट शृंखलामा नेपाल विजयी

निर्णायक खेलमा आशिफ शेख र ज्ञानेन्द्र मल्लको शानदार अर्धशतकसँगै युएईसँगको तीन एकदिवसीय क्रिकेट शृंखला नेपालले जितेको छ । अन्तिम तथा निर्णायक खेलमा युएईलाई ६ विकेटले हराउँदै नेपालले शृंखला जितेको हो । 

एक सय ७७ रनको लक्ष्य पाएको नेपालले चार विकेटको क्षतिमा ४० दशमलव १ ओभरमा पूरा ग¥यो । नेपाललाई जित दिलाउन ओपनर ब्याटसम्यान आशिफ शेख र मध्यक्रमका ज्ञानेन्द्र मल्लले अर्धशतकीय इनिङ खेले । आफिस ८८ रन बनाएर अविजित रहे भने ज्ञानेन्द्रले तीन छक्का र सात चौकाको सहयोगमा ७३ बलमा ६४ रन बनाए ।  

अर्का ओपनर ब्याटर अर्जुन साउथले ९, कप्तान रोहित पौडेलले १० रन बनाए भने दीपेन्द्रसिंह ऐरी शून्य रनमा रनआउट भए । 

टस हारेर ब्याटिङ गरेको युएईले ५० ओभरमा नौ विकेट गुमाउँदै एक सय ७६ रन बनाएको थियो । युएईलाई सामान्य लक्ष्यमा रोक्न नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरे । 

तीन खेलको शृंखलाको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले ३ विकेटको जित निकालेको थियो । 
 

विशेष