News

रविलाई मतदाताको जवाफ– जितको शुभकामना, भोट चै चितवनवासीलाई नै हाल्छौं

रविलाई मतदाताको जवाफ– जितको शुभकामना, भोट चै चितवनवासीलाई नै हाल्छौं

लामो समय पत्रकारिता क्षेत्रमा विताएर एकाएक राजनीतिमा छिरेका रवि लामिछाने यतिवेला चितवनमा दौडधुप गरिरहेका छन् । प्रतिनिधि सभा सदस्यका लागि चितवन २ मा मनोनयन दर्ता गरेका उनको दिनचर्या मतदातासँग भेटघाट गरेर वितिरहेको छ। 

पहिला काठमाण्डौंमै चुनाव लड्ने योजना वनाएका लामिछाने मनोनयन दर्ताको मिति नजिकिदै गर्दा चितवन झरेका हुन। चितवन झरेपछि उनले माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालको क्षेत्रमा चुनाव लड्ने बताएका थिए। तर, अन्तिम समयमा भने उनले चितवन २ रोजे। 

उनको यो निर्णयपछि उनकै कार्यकर्ता रुष्ट भए। अचानक क्षेत्र नं. २ रोज्नुको कारण कार्यकर्ताले रविसँग नसोधेका होईन, तर चित्तवुझ्दो जवाफ नपाएपछि रविसँग कार्यकर्ताको गुनासो वढ्दै गएको छ। 

यतिमात्रै होईन, रविलाई अहिले मतदाता फकाउन पनि धौ–धौ परेको स्थानीयहरु बताउँछन् । खासमा चितवन पर्यटकिय क्षेत्र हो। देवघाट, सौरहालगायतका कारण चितवन चर्चित छ। यहाँका नागरिक पनि शिक्षित छन्। यहाँका मानिस अतिथीलाई कसरी स्वागत गर्ने र कस्तो ब्यवहार गर्ने भन्नेमा निपुर्ण छन्। मिजासिलो स्वभावका चितवनवासीलाई भ्रममा पार्नु र गफ गरेर चुनाव जित्ने योजना बनाउनु नै रविका लागि अहिले आत्मघाति वनेको स्थानीय जानकारहरु वताउँछन् ।

चितवनमा रविलाई ट्युरिष्ट उम्मेदवारको आरोप लागेको छ। भोट माग्न जाँदा स्थानीयले रविलाई राम्रो स्वागत गर्ने गरेका छन्। जितको शुभकामना पनि दिन्छन्। तर, ‘भोट चाही हामी चितवनवासीलाई नै दिन्छौं’ भन्न थालेपछि रवि निरास हुन थालेको स्थानीय नै बताउँछन् ।

यतिवेला रविले भोट माग्न जाँदा रेस्पोन्स नपाएको भिडियो फेसवुक, टिकटक र युट्युवमा सार्वजनिक हुन थालेका छन् । रविले त्यस्ता भिडियो पैसा खर्च गरेर हटाउन लगाईरहेको श्रोतको दावी छ।

खासमा रवि ‘चितवन २ बाट सहजै जित्छु’ भन्ने सोचेर त्यहाँ पुगेका थिए । नेपाली कांग्रेसका उमेश श्रेष्ठ र नेकपा एमालेका कृष्णभक्त पोखरेल उनका प्रतिस्पर्धी छन् । जानकारी अनुसार चितवन २ मा लगातार दुई पटक जितेका पोखरेलप्रति जनता असन्तुष्ट भएको र कांग्रेसले राजनीति भन्दा ब्यापारमा ध्यान दिने उमेश श्रेष्ठलाई उम्मेदवार बनाएका कारण जित सहज हुने आशमा लामिछाने क्षेत्र नं. २ मा सरेका थिए।

तर, स्थानीय तह निर्वाचनको अंकगणित गर्ने हो भने पनि अवस्था रविका लागि निरासाजनक छ। यो क्षेत्रमा पर्ने वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतसंख्याको आधारमा नेकपा एमाले सबैभन्दा अगाडि छ । नेकपा एमालेबाट उठेका वडाध्यक्षहरुले यो क्षेत्रमा ३५ हजार ५ सय ४३ मत पाएका थिए । त्यस्तै, गठबन्धनका वडाध्यक्षका उम्मेदवारहरुले ३५ हजार ३ सय ९४ मत पाएका थिए । यो क्षेत्रका कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमाले उम्मेदवार विजयी भएका छन् । 

विशेष