News

यस्तो मतदान केन्द्रः जहाँ ५५ जना मात्रै मतदाता छन्

यस्तो मतदान केन्द्रः जहाँ ५५ जना मात्रै मतदाता छन्

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा बाजुराको एउटा मतदान केन्द्रबाट ५५ जना मतदाताले मात्रै मतदान गर्दैछन् । हिमाली गाउँपालिका ३ गुम्बामा रहेको मतदान केन्द्रमा यस पटक ५५ जना मात्रै मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।

स्थानीय तह निर्वाचनमा ६० जना मतदाता रहेको यस केन्द्रमा ५ जनाको मृत्यु भएपछि उनीहरुको नाम हटाउँदा ५५ जना कायम भएको छ।

बाजुरामा ७० वटा मतदान केन्द्र र ११२ मतदान स्थल छन्। जसमा गुम्बा गाउँको हिमाल भक्ति आधारभूत विद्यालय मतदान केन्द्रमा सबैभन्दा कम ५५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज भण्डारीले बताए।

विकट क्षेत्रमा पर्ने यो मतदान केन्द्र ०७४ सालको स्थानीय चुनावमा स्थापना भएको थियो । त्यसअघि यहाँका सर्वसाधारण बास बसेर मतदान गर्न जानु पर्ने अवस्था थियो। उनीहरु वडा नम्बर ३ बौडीमा भोट हाल्न जान्थे। जहाँ आउ जाउ गर्न तीन दिन लाग्छ।

बाजुरा जिल्लामा ८३ हजार ५६७ मतदाता छन् । 
 

विशेष