News

‘कुकर’ देखाएर बम भन्दै त्रास फैलाउनेको खोजी गर्दै प्रहरी

‘कुकर’ देखाएर बम भन्दै त्रास फैलाउनेको खोजी गर्दै प्रहरी

ललितपुरको निर्वाचन क्षेत्र नं. ३ स्थित सत्ता गठबन्धनको कार्यालय अगाडि नक्कली वम राखेर त्रास फैलाईएको पाईएको छ। निर्वाचन प्रभावित पार्न यस्तो नक्कली वम राखिएको प्रहरीको निस्कर्ष छ।

शुक्रवार विहान करिव पौने ७ वजे जावालाखेलको स्टाफ कलेजछेऊमा एउटा कुकर फेला परेको थियो। जसमा ‘निर्वाचन अवज्ञा गरौँ’ भन्ने लेखेर टाँसिएको थियो। 

शंकास्पद वस्तु देखिएपछि प्रहरी र नेपाली सेनाको टोली गएर सो वस्तु नियन्त्रणमा लिएको थियो। तर, बम भनिएको वस्तु सक्कली नभएर नक्कली फेला परेको ललितपुरका एसपी सुधिरराज शाहीले वताए । उक्त शंकास्पद वस्तु कसले राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

विशेष