News

एमालेका महासचिवको ढोकामा कालो व्यानर

एमालेका महासचिवको ढोकामा कालो व्यानर

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोख्रेलको घरमा कालो ब्यानर टाँगिएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपाल दाङले पोख्रेलको घरमा कालो ब्यानर टाँगेको हो ।

‘संसदीय चुनाव अवज्ञा कार्यक्रमअन्तर्गत संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी सत्ता स्थापनाका लागि मङ्सिर ४ को सङ्घ र प्रदेशको चुनाव अवज्ञा गरौँ, दलाल संसदीय व्यवस्थाका मतियारहरू होसियार, राष्ट्रघाती, जनघाती उम्मेदवारहरूलाई अवज्ञा गरौँ’ लेखिएको कालो ब्यानर उनको घरमा झुन्ड्याइएको छ ।

दाङबाट सङ्घ र प्रदेशको चुनावमा उठेका सबै उम्मेदवारको घरमा कालो ब्यानर झुन्ड्याइएको छ । कालो ब्यानर सङ्घीय उम्मेदवार शङ्कर पोखरेल (नेकपा एमालेका महासचिव), सङ्घीय उम्मेदवार दीपक गिरी (नेपाली काङ्ग्रेस), सङ्घीय उम्मेदवार कमल वली (नेकपा एमाले), प्रदेश उम्मेदवार डिल्ली चौधरी (नेपाली काङ्ग्रेस), प्रदेश उम्मेदवार धनबहादुर मास्के (नेकपा माओवादी केन्द्र), प्रदेश उम्मेदवार घनश्याम पाण्डे (नेकपा एमाले), प्रदेश उम्मेदवार हुकुमबहादुर बस्नेत (नेकपा एमाले), प्रदेश उम्मेदवार गिरिराज केसी (नेपाली काङ्ग्रेस), प्रदेश उम्मेदवार बलिभद्र राना (नेकपा एमाले) र प्रदेश उम्मेदवार राजु खनाल (नेपाली काङ्ग्रेस) लगायत दाङका उम्मेदवारहरूको घरमा झुन्ड्याइएको नेकपा (बहुमत) दाङले जनाएको छ ।

यसअघि संसदीय चुनाव अवज्ञा गरौँ नाराका साथ नेकपा (बहुमत) ले कोणसभा, प्रचारप्रसार, भित्तेलेखन, अन्तरक्रिया गर्दै संसदीय व्यवस्थाका उम्मेदवारहरूलाई मतदान नगर्न आह्वान गर्दै आएको छ ।

शङ्कर पोख्रेल

विशेष