News

राप्रपाको कार्यालयमा तोडफोड गरेर कस्ले झुण्ड्यायो एमालेको झण्डा ?

राप्रपाको कार्यालयमा तोडफोड गरेर कस्ले झुण्ड्यायो एमालेको झण्डा ?

काठमाडौं– क्षेत्र नम्बर ५ मा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालयमा गए राती तोडफोड गरेर एमालेको झण्डा झुन्ड्याईएको छ।

कार्यालयमा रहेका राप्रपाका ब्यानर, झण्डा च्यातिएको छ। अन्य कतिपय सामग्री लुटपाट गरिएको जनाईएको छ।

तोडफोर र लुटपाटमा एमालेका नेता/कार्यकर्ता रहेको राप्रपाका कार्यकताले आरोप लगाएका छन् । उनीहरु विरुद्ध प्रहरीमा किटानी जाहेरी दिईएको जनाईएको छ।

मध्यरातमा लगाईएको एमालेको झण्डा र ब्यानर राप्रपाका कार्यकर्ताले च्यातेका छन्। काठमाडौं क्षेत्र नम्बर ५ मा राप्रपाबाट प्राध्यापक डा. रामप्रसाद उप्रेती, एमालेबाट ईश्वर पोखरेल र सत्ता गठबन्धनबाट कांग्रेस नेता प्रदीप पौडेल चुनावी प्रतिस्पर्धामा छन्।
 

विशेष