News

यसरी हुँदैछ निर्वाचनमा धादलीको प्रयासः नक्कली मतपत्र र स्वस्तिक छापसहित दुईजना पक्राउ

यसरी हुँदैछ निर्वाचनमा धादलीको प्रयासः नक्कली मतपत्र र स्वस्तिक छापसहित दुईजना पक्राउ

मंसिर ४ को निर्वाचनलाई प्रभावित वनाउने र धाँदली गर्ने अथक प्रयासहरु भईरहेको पाईएको छ। प्रहरीले विरगञ्जबाट नक्कली मतपत्र र स्वस्तिक छापसहित दुईजनालाई पक्राउ गरेपछि निश्पक्ष निर्वाचनमा पनि आशंका उत्पन्न हुन थालेका छन् ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका–१६ का २३ वर्षीय अमिरी राउत कुर्मीलाई पक्राउ गरेको छ। बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारमा कलैयाबाट वीरगञ्ज आउँदै गर्दा उनीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट वीरगञ्जका सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्ट र वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा खटिएको टोलीले बिहीबार राति कारमा चेकजाँच गर्ने क्रममा नक्कली मतपत्र र नगद बरामद गरेको थियो ।

कलैयातर्फबाट आइरहेको कारलाई वीरगञ्ज बसपार्क इलाकामा चेकजाँच गर्ने क्रममा १० हजार थान नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप, ४८ थान स्ट्याम्प प्याड र नगद २ लाख ७२ हजार बरामद भएको प्रहरीले जनाएको छ।

करिब ३ सय जति नक्कली मतपत्रमा साइकल छापमा मत संकेत गरेको पाइएको छ ।  उनीहरु कुन निर्वाचन क्षेत्रको लागि नक्क्कली मतपत्र र रकम लिएर हिंडेका हुन् भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यसअघि गत कार्तिक ३० गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका १५ हजार मतपत्रसहित एक जना भारतीय नागरिक पक्राउ परेका थिए । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा मतपत्र राखेर नेपाल छिरेका भारतको पश्चिम चम्पारनका ४० वर्षिय ईजाजत अहमदलाई प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिका २ दशौतास्थित सडकखण्डबाट पक्राउ गरेको थियो।

यो पनि,

विशेष