News

कांग्रेसका उम्मेदवार इन्द्र बानियाँ माथि आक्रमणः गाडी तोडफोड

कांग्रेसका उम्मेदवार इन्द्र बानियाँ माथि आक्रमणः गाडी तोडफोड

मकवानपुर–२ (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँको गाडी तोडफोड भएको छ । नेपाली कांग्रेस वागमती प्रदेश सभापति समेत रहेका वानियाँ मनहरीबाट हेटौँडा जाने क्रममा उनको गाडि तोडफोड भएको हो।

हेटौंडा–१९ दालिमटारमा ढुंगाले लागेर गाडीको अगाडीको सिसा फुटेको छ । आक्रमणकारीले लुकेर गाडीमा ढुंगा प्रहार गरेको बताइएको छ । उक्त आक्रमणको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएको छ।

नेकपाले विज्ञप्ति निकालेर सांकेतिक कारबाही गरेको जनाएको छ। विज्ञप्तिमा बानियाँमाथि ‘भ्रष्ट, राजनीतिक दलाल, ठेकेदार’ लगायतका विभिन्न आरोप लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी वामदेब गौतमले तोडफोड भएको जानकारी नआएको तर ढुंगा उछिट्टिएर सिसा फुटेको जानकारी प्राप्त भएको जनाएका छन् ।

विशेष