News कभर स्टोरी

मौन अवधिमा पनि भोट माग्दै छन् यी चर्चीत उम्मेदवार 

मौन अवधिमा पनि भोट माग्दै छन् यी चर्चीत उम्मेदवार 

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर मौन अवधि सुरु भइसकेको छ । निर्वाचन आयोगले मौन अवधिमा प्रचार गर्न नपाउने भनेपनि कपिय उम्मेदवारहरु भने रोकिएका छैनन् ।


मौन अवधिलाई मध्यनजर गर्दै आयोगले यो समयमा गर्न नहुने कामको सूची सार्वजनिक गरेको छ ।

यसअन्तर्गत राजनीतिक दल तथा उम्मेदवार, दलका भातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्ने विषय पनि उल्लेख छ । तर, मौन अवधिमा  समेत प्रायः उम्मेदवारले फेसबुकमार्फत गरेका विज्ञापन हटाएका छैनन् ।

कतिपय उम्मेदवारले त झन् आफ्ना विज्ञापन थप सक्रिय राखेका छन् । फेसबुकको विज्ञापन रिपोर्टअनुसार नेपाली कांग्रेसका उम्मेदवारहरू प्रकाशमान सिंहको अकाउन्टबाट २० ओटा बुस्ट भएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारहरू जगन्नाथ लामिछानेको अकाउन्टबाट ११ ओटा र रञ्जु दर्शनाको अकाउन्टबाट चार ओटा, सिभेन्द्र केसीको अकाउन्टबाट १७ ओटा र स्वतन्त्र उम्मेदवार अनुप बोहोराको अकाउन्टबाट एउटा पोस्ट बुस्ट भएको छ । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीको अकाउन्टबाट १० ओटा पोस्ट बुस्ट गरिएको छ भने नेपाली काँग्रेसको पेजबाट १० ओटा, नेकपा एमालेका उम्मेदवार राजकुमार गुप्ताको अकाउन्टबाट चार ओटा, माओवादी केन्द्रकी उम्मेदवार कल्पना धमलाको अकाउन्ट ८ ओटा पोस्ट बुस्ट गरिएको छ ।


त्यस्तैगरी राप्रपाकी उम्मेदवार कुन्ती पोखरेलको अकाउन्टबाट ३ ओटा, स्वतन्त्र उम्मेदवार राममणि न्यौपानेले ५ ओटा, नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्माको अकाउन्टबाट ५ ओटा र नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाको अकाउन्टबाट तीन ओटा विज्ञापन बुस्ट भइरहेको छ ।​

राप्रपाबाट दोलखाका प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार विजय खड्काले आजै बिहान मात्र सामाजिक सञ्जालमार्फत मत मागेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् मौन अवधि सुरू भैसकेको छ,मुलुकलाई माया गर्ने राष्ट्र भक्तहरूलाई यस पटक मतदान गरिदिनु हुन समस्त दोलखावासी आमावुवा,दाजुभाई दिदीबहिनीहरूलाई विनम्र आग्रह गर्दछु ।

मौन अवधिको उल्लंघन गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५  हजार रुपैयाँसम्म जरिवाना  तथा उम्म्द्वारी नै खारेजी गर्न गर्न सक्ने व्यवस्था छ ।

मौन अवधि उम्मेदवार

विशेष