News

प्रचण्डको क्षेत्रमा सीसीटीभी र तारजालीसहित मतगणनास्थल तयार

प्रचण्डको क्षेत्रमा सीसीटीभी र तारजालीसहित मतगणनास्थल तयार

निर्वाचन आयोगले मतगणनाका लागि गोरखामा सीसीटीभी र तारजाली सहितको स्थल तयार पारेको छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि हुने मतगणनाका लागि आयोगले अगाडि नै सुरक्षित स्थल तयार पारेको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल उम्मेदवार रहेको गोरखा–२ को गोरखा नगरपालिका–९ दलभन्ज्याङ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयको भवनमा मतगणना हुनेछ । सम्बन्धित क्षेत्रको मतदान अधिकृतको कार्यालय रहेको भवनमा मतगणनास्थल बनाइएको हो ।

मतगणना स्थलमा तारजालीसहित सीसीटीभी समेत जडान गरिएको गोरखा–२ का निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल उम्मेदवार भएका कारण गोरखा–२ को निर्वाचनलाई विशेष रुपमा हेरिएको छ ।

यता गोरखा–१ को मतगणना स्थल पनि तयार भइसकेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्माले बताए । स्थलमा तारजाली सहित सीसीटीभीको व्यवस्था गरिएको उनले जानकारी दिए । गोरखा–१ को मतगणना स्थल जिल्ला समन्वय समितिको भवनमा तयार गरिएको छ।
 

विशेष