News

मतदानको पुर्वसन्ध्यामा चितवन पुगे प्रचण्ड

मतदानको पुर्वसन्ध्यामा चितवन पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन पुगेका छन् । आइतबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि उनी शनिवार नै चितवन पुगेका हुन।

‘चितवन ३ शिवनगरस्थित मतदान केन्द्रमा भोलि मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्न अध्यक्ष प्रचण्ड अपराह्न चितवनको भरतपुर विमानस्थल अवतरण हुनुभएको छ।’– दाहालका प्रेस संयोजक सूर्य किरणले फेसवुकमा लेखेका छन्।

०७४ सालको निर्वाचनमा दाहाल चितवन ३ बाट निर्वाचित भएका थिए। अहिले उक्त क्षेत्रमा माओवादीका डा. भोजराज अधिकारी उम्मेदवार छन्। उनीसँग कांग्रेसबाट विद्रोह गरेका दिनेश कोइराला र जगन्नाथ पौडेलको तथा राप्रपाका विक्रम पाण्डको प्रतिस्पर्धा छ। 

एमालेले कांग्रेसका विद्रोही नेता कोइरालालाई सघाएको छ। दाहालले भने यस पटकको निर्वाचनमा अघि बाबुराम भट्टराई निर्वाचित भएको गोरखा २ बाट उम्मेदवारी दिएका छन्।

विशेष