News कभर स्टोरी

नवलपरासीका ५ सय मिटर व्याज पीडित परिवारले गरे मतदान बहिस्कार

नवलपरासीका ५ सय मिटर व्याज पीडित परिवारले गरे मतदान बहिस्कार

नवलपरासी पश्चिमका मिटर ब्याज पीडितले आज एक विज्ञप्ति जारी गर्दै मतदान बहिस्कार गरेका छन् । नवलपरासीको बर्दघाट, सुनवल, प्रतापपुर र सुस्ता क्षेत्रका मिटर ब्याजपीडितले मतदान बहिस्कार गरेका हुन् ।

उम्मेदवारले आफ्नो समस्या समाधान गर्न पहल नगरेको भन्दै यो क्षेत्रका मिटर ब्याज पीडितले मतदान बहिस्कार गर्ने निर्णय गरेका छन् ।

‘राज्यले मिटरब्याज तथा ठगि विरुद्ध किसान मजदुर संघर्ष समितिसँगको सम्झौतामा इमान्दारिता नदेखाएको, राजनीतिक पार्टीहरुले चुनावी प्रतिवद्धतामा मिटरब्याज पिडित जनताको मुद्धा प्रति संवेदनशिलता नदेखाएको र साहु-माहाजनहरुलाई राज्यका संरचना र राजनीतिक पार्टीको निश्चित तप्काले संरक्षण गरेकोले मंसिर ४ को चुनावमा मिटरब्याज तथा ठगि विरुद्ध किसान मजदुर संघर्ष समितिले सक्रिय मत बहिष्कार गर्ने निर्णय य विज्ञप्ति मार्फत जानकारी गर्दछ,’ संघर्ष समितिले विज्ञप्ति जारी गर्दै उल्लेख गरको छ । आन्दोलन अझ जुझारु, संगठित र देशव्यापी बनाउन क्रियाशिलताको साथ निरन्तर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरिएको छ ।

यो क्षेत्रमा करिब ५ सय परिवार मिटर ब्याज पीडित छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समीतिका अध्यक्ष अवधेश कुशवाहका अनुसार यो क्षेत्रमा मिटर ब्याज पीडित परिवारका ४७ सय जति मतदाता छन् । उनी भन्छन्, ‘उम्मेदवारलाई हाम्रो समस्याको मतलबै छैन । त्यसैले हामी पनि भोट दिन्नौं ।’

संघर्ष समितिले मिटर ब्याज पीडितलाई मतदान नगर्न आह्वान गर्दै र्‍याली निकालिरहेको छ । कतिपय पीडितले आफ्नो घरमा मत बहिस्कार लेखेको झण्डा समेत राखेका छन् ।

दुई निर्वाचन क्षेत्र भएको यो जिल्लाको क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनको समर्थनमा नेपाली कांग्रेसबाट विनोद चौधरी र नेकपा एमालेको समर्थनमा जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी उम्मेदवार छन् । क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका देवेन्द्रराज कँडेल र एमालेका दीपेन्द्रकुमार अधिकारी उम्मेदवार छन् ।

यसअघि मिटरब्याज पीडित किसानले आफ्नो घरखेत जोगाउन माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिएका थिए । सरकारले गत असारमा मात्र पीडितसंग सम्झौता गरेर न्याय दिलाउने वाचा गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा ६८ जनाले मिटर ब्याज पीडितले साहुकारविरुद्ध उजुरी दिएका छन् ।

 

विशेष