News

सवैको नजर चितवन २ मा, चितवन २ का मतदाता द्विविधामा

सवैको नजर चितवन २ मा, चितवन २ का मतदाता द्विविधामा

मतदानको दिन आउँन एक दिन मात्र वाँकी रहँदा देशैभरी निर्वाचनको विषय चर्चा र चासोको विषय भएको छ। कतै पैसा वाँडेको आरोपमा उम्मेदवार नै पक्राउ पर्न थालेका छन् भने कतै कलाकारलाई पैसा दिएर चुनाव प्रचारमा लगाएको आरापमा स्पष्टिकरण सोध्ने काम भईरहेको छ।

कतै भने मदतानको तयारी गरिरहेका उपभोक्ता आफनो मदको सुदपयोग होलाकी नहोला भन्ने दुविधामा फसेका छन् । शुक्रावार साँझ पैसा बाँडेको आरोपमा काठमाडौं–५ का प्रदेशसभाका एमाले उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेका छन्।

मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले निरौलासहित ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन् ।

उनीहरू हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ परेका हुन् । उनीहरुले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो । काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् । निरौला नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष समेत हुन् ।

यसैगरी प्यूठान जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका सूर्य थापालाई चुनाव प्रचार गर्न ‘भेलुबाजे’लाई २ हजार दिएको विषयमा स्पष्टिकरण सोधेको छ। 

‘मीनबहादुर बुढा (भेलुबाजे)लाई नगद वितरण गर्नु भएको हो, होइन? तपाईंले निज मीनबहादुर बुढा (भेलुबाजे)लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारवाही हुनु नपर्ने हो?’ भन्दै २४ घण्टे स्पष्टिकरण सोधिएको छ।

चितवन २ मा द्विविधा
यता, चितवन २ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष नै गैरनेपाली नागरिक भएको समाचार वाहिर आएपछि त्यहाँका मतदाता द्विविधामा परेका छन् । रविलाई भोट हाल्न तयार परेका मतदाता समेत हच्किएका छन् ।

रविलाई भोट हालेर उनी विजयी भएपनि नेपाली नागरिक नभएको प्रमाणित भए निर्वाचन रद्द हुने अधिक संभावना देखिएपछि मतदाताहरु अन्यौलमा रहेको पाईएको छ। यदि लामिछानेले नागरिकता नियमावली अनुसारको प्रावधान पुरा गरेर नागरिकताको नयाँ प्रमाण पत्र लिएको प्रमाण पेस नगरे उनको उम्मेदवारी मात्र नभई राजनीतिक यात्रामा पनि धक्का लाग्ने अवस्था देखिएको छ। उनी पार्टीको अध्यक्ष समेतबाट आउट हुनु पर्ने देखिएको छ।

नेपालको कानुन अनुसार नेपाली नागरिकता नरहेको व्यक्ति उम्मेदवार हुन पाउँदैनन्। र यस विषयमा आफनो प्रमाण पेश गर्न निर्वाचन कार्यालयले रविलाई ७ दिनको म्याद दिएको छ। यो बिचमा चितवन २ को निर्वाचन प्रक्रिया स्थगित नभए मतदान भइसक्ने छ। तर यस बिचमा उनले अमेरिकी नागरिकता त्यागेपछि नागरिकता ऐन र नियमावली अनुसारको प्रावधान पुरा गरेर नयाँ प्रमाण पत्र लिएको प्रमाणित नभएमा उनी सांसदमा निर्वाचित भए पनि उनको पद खारेज भएर पून निर्वाचन हुने निर्वाचन आयोगले संकेत गरेको छ।

निर्वाचन सम्पन्न भइसकेपछि भने निर्वाचन र उम्मेदवार सम्बन्धी कुनै विवाद आए आयोगले नभई संबैधानिक इजलासले टुंग्याउने संबैधानिक ब्यवस्था भएकाले निर्वाचनपछिको अवस्थामा भने यो विषय अदालत पुग्ने सम्भावना पनि देखिएको छ।

रविको नेपाली नागरिक नै नरहेको विषय वाहिर आएपछि देशको कानुन नै नमान्ने उम्मेदवारलाई जिताएर कानुन वनाउने ठाउँमा पुर्याउनु उपर्युक्त हुन्छ की हुँदैन भन्ने विषयमा पनि मतदाता बीच चर्चाको विषय भएको छ। 

गृह मन्त्रालयमा रहने नागरिकता सम्बन्धी विवरणमा नेपालको कुनै पनि जिल्ला प्रशासन कार्यालयबाट रविले खारेज भइसकेको नागरिकता ब्युँताएर नयाँ प्रमाण पत्र लिएको रेकर्ड फेला नपरेपपछि रवि समस्यामा छन् । उनले केही दिन अघि भाषणमै पनि आफु चक्रब्युहमा फसेको र तपाईहरुले नै मलाई निकाल्नु पर्छ भन्दै चितवनवासीलाई आग्रह गरेका थिए । 

विशेष