News

उपेन्द्र यादवले मतदातालाई पैसा वाँडेको आरोप, कार्यकर्ता चढेको गाडी नियन्त्रण

उपेन्द्र यादवले मतदातालाई पैसा वाँडेको आरोप, कार्यकर्ता चढेको गाडी नियन्त्रण

पुर्व उपप्रधानमन्त्री एवम जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोप गाउँदै उनका कार्यकर्ता चढेको गाडी स्थानियवासीले नियन्त्रणमा लिएका छन् ।

सप्तरी निर्वाचन क्षेत्र नं. २ स्थित तिलाठी कोईलाडी गाउँपालिका– ६ मा गएराती प्रदेश १ –०२– ००२च४७१० नम्वरको स्कारपियो सर्वसाधारण र सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले नियन्त्रणमा लिएका हुन।

मौन अवधि सुरु भएपछि यादवका कार्यकर्ताले प्रहरी प्रशासनको संरक्षणमा राती–राती पैसा बाँडन हिड्ने गरेको उनीहरुको आरोप छ। रातको समयमा गाडी नियन्त्रणमा लिईएको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ। 

यादव सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि दोस्रो पटक उम्मेदवार छन्। सत्ता गठवन्धनबाट लोसपाका उमेदवार जयप्रकाश ठाकुर र जनमत पार्टीका अध्यक्ष सिके राउतसँग उनको प्रतिस्पर्धा छ।
 

विशेष