News

निर्वाचनमा खटिएकी महिला कर्मचारीको कसरी भयो मृत्यु

निर्वाचनमा खटिएकी महिला कर्मचारीको कसरी भयो मृत्यु

धनकुटामा मतदान केन्द्रमा खटिएकी एक कर्मचारीको मृत्यु भएको छ। साँगुरीगढी गाउँपालिका–३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी ३५ वर्षीया पवित्रा याखाको लिम्वुको मृत्यु भएको हो।

सीतादेवी मावि खरखोलेकी शिक्षिका लिम्बू शुक्रवार मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्कंदै गर्दा वेहोस भएर ढलेकी थिईन। उनी मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमा खटिएकी थिइन् ।

उपचारका लागि धरानतर्फ लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको मतदान अधिकृत प्रज्ज्वल पोखरेलले जानकारी दिए । उच्च रक्तचापको समस्या रहेकी लिम्बू सोही कारण बेहोस भएको हुन सक्ने बताइएको छ ।

तर, मृत्युको आधिकारीक कारण खुलिसकेको छैन।
 

विशेष