News

आयोगको कार्यालय अगाडि चुनाव वहिस्कारको नारा

आयोगको कार्यालय अगाडि चुनाव वहिस्कारको नारा

निर्वाचन कार्यालय अगाडि चुनाव वहिस्कारको नारा लगाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेकपा (क्रान्तिकारी माओवादी) निकट नेता कार्यकर्ताहरुले निर्वाचन बहिस्कारको माग गर्दै निर्वाचन आयोग अगाडि प्रदर्शन गरेका छन्।

१५÷२० जनाको समूहले निर्वाचन आयोगको केन्द्रीय कार्यालय, बहादुर भवन अगाडि प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको छ । सहभागिले निर्वाचन बहिष्कार गरौँ भन्दै नाराबाजी गरेका थिए । 

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार सो क्रममा ६ जनालाई पक्राउ गरि प्रहरी परिसर कार्यालय दरबारमार्गमा राखिएको छ । नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी पार्टीलयागतले आम निर्वाचन बहिस्कार गर्दै आएका छन् । 
 

विशेष