News

नेकपा एसका उम्मेदवारको विरोध गर्दा कांग्रेसका तीन जना कार्यकर्ता निलम्बित

नेकपा एसका उम्मेदवारको विरोध गर्दा कांग्रेसका तीन जना कार्यकर्ता निलम्बित

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीका नेताको विरोध गरेको आरोप लागेका तीन जना कार्यकतालाई नेपाली कांग्रेसले कारवाही गरेको छ।

बारा निर्वाचन क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार रहेका कृष्णकुमार श्रेष्ठ (किसान) विरूद्ध प्रचारप्रसार गर्ने तीन जनालाई कांग्रेसले निलम्बन गरेको छ। निलम्वनमा पर्नेहरुमा कांग्रेसका जिल्ला उपसभापति अमिरीलाल राउत भेडियर, सदस्य हरिप्रसाद थपलिया र क्षेत्रीय प्रतिनिधि सुशील ढोडारी छन्।

केन्द्रीय अनुशासन समितिले शनिबार नेकपा एकीकृत समाजवादीका किसानविरूद्ध लागेको भन्दै उनीहरुलाई निलम्वन गरेको संयोजक आनन्दप्रसाद ढुंगानाले बताए । उनीहरू किसानविरूद्ध लागेको उजुरी पाएपछि कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा (३४) बमोजिम समितिले पार्टीको सदस्यता नरहने गरी निलम्बन गरेको हो।
 

विशेष