News

मतपेटिकामा आगजनी गर्ने भण्डारीलाई दुई किलोमिटर लखेटेर प्रहरीले समात्यो

मतपेटिकामा आगजनी गर्ने भण्डारीलाई दुई किलोमिटर लखेटेर प्रहरीले समात्यो

नवलपरासी पूर्वको देवचुली नगरपालिकाको एउटा मतदान केन्द्रमा मतपेटिकामै आगजनी गरिएको छ।

वडा नं. ४ झाँक्रेको शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभातर्फको समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको हो ।

मतपेटिकामा आगजनी भएपछि स्थानीय नारायण भण्डारी भागेका थिए। उनलाई दुई किलोमिटर लखेटेर प्रहरीले पक्राउ गरेको छ ।

उनले मतपेटिकामा बडीलोसन दलेर खसाएको बयान दिएका छन् ।
 

विशेष