News

बाजुरामा गोली चल्दा एक जनाको मृत्यु, प्रहरीसहित ३ जना घाईते

बाजुरामा गोली चल्दा एक जनाको मृत्यु, प्रहरीसहित ३ जना घाईते

बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन्। त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको हो ।

त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी आधारभूत विद्यालय मतदानस्थलमा फर्जी मतको खसालेको विषयमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको थियो। मतपेटीका खोसाखेस गरिरहेको अवस्थामा दुई पक्षीय झडपपछि प्रहरीले स्थिति सामान्य बनाउन गोली चलाएको थियो।

गोली लागेर अएडीको मृत्यु भएको जनाईएको छ। मृतकको शव अहिले मतदान स्थलमा रहेको विद्यालयमै राखिएको छ । यस क्रममा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अएडी छन् । घाइते तीनै जनालाई अहिले नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याईएको छ।
 

विशेष