News कभर स्टोरी

माओवादी शीर्ष नेताले गरे यी ठाउँबाट मतदान 

माओवादी शीर्ष नेताले गरे यी ठाउँबाट मतदान 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मतदान गरेका छन् । गोरखा-२ बाट उठेका प्रचण्डले चितवनको भरतपुर महानगरपालिका १४ शिवनगरस्थित मतदान केन्द्रबाट भोट हालेका हुन् । उन हिजै चितवन पुगेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गरेका छन् । पहिलो मतदान नै सभामुख सापकोटाले गरेका हुन् । उनी सिन्धुपाल्चोक क्षेत्र नं.-१ का मतदाता हुन् ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पुर्वसभामुख कृष्णबहादुर महराले रोल्पावाट मतदान गरेका छन् । उनले रोल्पा नगरपालिका वडा-१ वामरुकस्थित तारा मावि मतदान केन्द्र वाट मतदान गरेका हुन् ।

माओवादी केन्द्रका नेता जनार्दन शर्माले रुकुम पश्चिमको यमुना नन्द नमुना माध्यामिक बिधालय  सेरीगाउँबाट मतदान गरेका छन् । उनी रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । 

माओवादी नेतृ तथा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले  राजतीर्थ (लतिलपुर र काटमाडौं जोड्ने कालोपुल कुपण्डोल बाग्मती किनारबाट पश्चितिर्र) मतदान गरेकी छिन् ।
पम्फा भुसाल  ललितपुर-३ की प्रतिनिधिसभा उम्‍मेदवार पनि हुन् । उनीसहित यो क्षेत्रबाट प्रतिनिधिसभामा २० जना उम्‍मेदवार प्रतिस्पर्धामा छन् ।
 

विशेष