News

सर्लाहीमा झडप, एकजनाको मृत्यु, ६ घाइते

सर्लाहीमा झडप, एकजनाको मृत्यु, ६ घाइते

सर्लाहीको गोडैता स्थानीय दुई समुहबीच झडप हुँदा एकजनाको ज्यान गएको छ । आधा दर्जन घाइते भएका छन् । शनिबार राति गोडैटा नगरपालिका–६ स्थित गाउँमा स्थानीय दुई समुहबीच झडप भएको हो । 

झडपको क्रममा ढुंगाले लागेर सोही ठाउँका ६५ वर्षका राम केवल रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । झडपका क्रममा टाउँकोमा ढुंगा लागेर गम्भीर घाइते भएका रायको तत्काल उपचारको लागि जनकपुर लगिएको थियो ।
 
उनको उपचारको क्रममा आइतबार बिहान ज्यान गएको प्रहरीले जनाएको हो । घटनामा दुवै तर्फबाट ढुंगामुडा भएको स्थानीयको भनाइ छ ।

सोही क्रममा ढुंगा लागेर दबै समुहका गरी आधा दर्जन स्थानीय घाइते भएका छन् । उनीहरुको जिल्लाको प्रदेशिक अस्पताल मलंगवा तथा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरीका प्रमुख एसपी प्रविण पोखरेलले जानकारी दिए ।

विशेष