News

राजेश हमाल भन्छन्– ५ वर्षपछि राजनीतिमा आउँछु होला

राजेश हमाल भन्छन्– ५ वर्षपछि राजनीतिमा आउँछु होला

कलाकार राजेश हमालले ५ वर्षपछि राजनीतिमा आउने संकेत गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको जारी निर्वाचनमा मतदान गरेपछि उनले यस्तो संकेत गरेका हुन। 

लैनचौरको जननाथ स्मृति मावि केन्द्रबाट उनले बिहान भोट खसाएका हुन् । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै हमालले आफू पनि भविष्यमा राजनीतिमा आउने बताए ।

‘यो चुनावबाट आउने परिणामले नयाँ मार्गनिर्देशित गर्छ’ हमालले भने–‘त्यसपछि मलाई लाग्छ कि यसमा चासो राख्ने र समावेश हुन चाहने व्यक्ति धेरै हुनुहुन्छ । मेरो पनि त्यही नै हो ।’

उनले म आफूलाई असाध्यै तन्दुरुस्त राखिरहेको बताएका उनले अर्को पाँच वर्षपछि नेपाली राजनीतिमा आउँने संकेत गरे।
 

विशेष