News

जम्का भेटमा प्रकाशमानलाई मिश्रको जवाफः अव तपाईलाई विश्राम चाहिएको छ

जम्का भेटमा प्रकाशमानलाई मिश्रको जवाफः अव तपाईलाई विश्राम चाहिएको छ

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाशमान सिंह र रविन्द्र मिश्रबीच जम्का भेट भएको छ। भेटमा मिश्रले सिंहलाई ‘अव तपाईलाई विश्राम चाहिएको छ’ भन्दै जवाफ दिएका छन् ।

मतदान अवलोकनका क्रममा नेपाली कांग्रेसका नेता सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष मिश्रबीच रत्नराज्य महादेवस्थान केन्द्र अगाडि जम्काभेट भएको हो। मिश्रसँग जम्काभेटमा सिंहले अव ५ वर्षपछि भेट हुन्छ भन्दै बताएका थिए। ‘मनोनयन दर्तामा भेट भएको थियो। आज भेटियो। अब ५ वर्षपछि भेटौँला’– उनले भने। 

जवाफमा मिश्रले भने, ‘अब अर्कोपटक उम्मेदवारका रूपमा सम्भवतः हाम्रो भेट नहोला। किनकि तपाईंलाई विश्राम चाहिएको छ, काठमाडौ–१ का मतदातालाई अब म चाहिएको छ।’

उनीहरुबीच ०७४ सालदेखि यो क्षेत्रमा प्रतिस्पर्धा हुदै आएको छ। ०७४ मा सिंह विजयी भएका थिए। मिश्र यो पटक जित निकाल्नेमा ढुक्क छन् भने सिंह भने अपराजित यात्रा जारी राख्ने धुनमा छन् । 
 

विशेष