News

हुम्लाको सर्केगाडमा तनावः २५ राउण्ड हवाई फायर, सहायक मतदान अधिकृत र सेनाका हुद्दा घाइते

हुम्लाको सर्केगाडमा तनावः २५ राउण्ड हवाई फायर, सहायक मतदान अधिकृत र सेनाका हुद्दा घाइते

हुम्लाको सर्केगाडमा गाउँपालिका वडा नं. ३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप हुँदा प्रहरीले २५ राउण्ड हवाई फायर गरेको छ। झडपमा सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी दुई जना घाइते भएका छन् ।

सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेनाका हुद्दा अर्जुन उपरकोटी घाईते भएको प्रहरीले जनाएको छ।  उनीहरुको टाउकोमा चोट लागेको छ ।

बिहान ८ः३० बजे वारेशनामाको विवादका कारण सत्ता गठबन्धनका उम्मेदवार कार्चेन लामा र स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीका कार्यकर्ताहरुबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर गरेको छ ।

त्यहाँ बिहान साढे ९ बजेदेखि मतदान स्थगित भएको र मतपेटिका सुरक्षित रहेको प्रहरीले जनाएको छ । त्यसपछि बसेको सर्बदलीय बैठकमा पुनः मतदान थाल्ने सहमति भएको थियो । तर फेरि एक दर्जन बढी व्यक्तिहरुले मतदान केन्द्र बाहिर ढुंगामुढा गरेपछि तनाव सुरु भएको थियो ।

त्यसपछि प्रहरी निरीक्षक पुष्पराज रोकायले पेस्तोलबाट एक राउण्ड र थ्री नट थ्री राइफलबाट ७ गरी ८ राउण्ड फायर गरेका थिए। 
 

विशेष