News

सप्तरीको हाटी मतदान केन्द्रमा कुटाकुट, मतदान जारी

सप्तरीको हाटी मतदान केन्द्रमा कुटाकुट, मतदान जारी

सप्तरीको छिन्नमस्ता गाँउपालिका ७ स्थित राष्ट्रिय प्राथमिक विद्यालय हाटी केन्द्र (क) मा कुटाकुट भएको छ। मतदान शूरुआत भएको केही घण्टामै कुटाकुट भएको हो।

मतदान स्थलमा सुरु भएको विवादका क्रममा जिल्ला समन्वय समिति सप्तरीका पुर्व प्रमुख प्रभाकर यादव र उनका भाईभतिजासहितले स्वतन्त्र उम्मेदवारका पोलिङ एजेण्ट रबिन्द्र मण्डललाई कुटपिट गरेका छन् ।

मण्डलको बा २५ प २०९२ नम्वरको मोटरसाइकलमा समेत आगजनी गरिएको जनाईएको छ। जसपाका नेता समेत रहेका यादवले गए राती देखिनै पैसा लिएर जसपालाई भोट हाल्न दवाव दिएका थिए । तर, स्थानीय गजेन्द्र मण्डलले उनको प्रश्ताव अस्विकार गरेका थिए । त्यसपछि उनलाई पनि कुटपिट गरिएको थियो।

छुट्याउन जाँदा छिन्नमस्ता गाँउपालिकाकी पुर्व उपाध्यक्ष उषा कुमारी मण्डललाई समेत कुटपिट गरिएको जनाईएको छ।

सो विषयमा सप्तरी प्रहरीका एसपी र सिडिओलाई जानकारी गराए पनि कुनै वास्ता नगरेको पीडितहरुले जनाएका छन् । स्थानीय प्रशासनले उल्टै यादव र उनका आफन्तलाई संरक्षण गरेको पुर्वउपाध्यक्ष मण्डलले आरोप लगाएकी छिन ।

सप्तरी प्रहरीका डिएसपी नरेश कुमार सिंहले कुटपिट तथा आगजनीका विषयमा स्पष्ट जानकारी नै नभएको वताए । घट्नाको अनुशन्धान गरिने उनको भनाई छ।
 

विशेष