News

तेह्रथुममा मतदान केन्द्रमै एक वृद्धको मृत्यु

तेह्रथुममा मतदान केन्द्रमै एक वृद्धको मृत्यु

तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर ८ सोल्माको रत्न मावि मतदान केन्द्रमा भोट हाल्न पुगेका ८८ वर्षीय योङहाङदीप लिम्बूको मृत्यु भएको छ।

जानकारी अनुसार उनले मतदान गर्न भने पाएनन्। मतदान गर्न मतदानस्थल पुगेपछि उनले रत्न मावि मतदान केन्द्रको गेटमा लडेका थिए। मतदान केन्द्रमा लडेका लिम्बू उच्च रक्तचापको बिरामी रहेको जनाईएको छ।

तेह्रथुमका सिडिओ मोहनप्रसाद अर्यालले लिम्वुको मृत्यु भएको पुष्टि गरे। 
 

विशेष